काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको आदेश नेपाल कानुन व्यवसायी परिषदले नमान्ने भएको छ । खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थीलाई यही पुस १३ र १४ गते हुने अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा सहभागी गराउन सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार आदेश दिएको थियो । आइतबार महान्यायधिवक्ताको कार्यालयका अधिकारीहरु र परिषदका कर्मचारीबीच भएको छलफलले खुला विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई…