काठमाडौं । मेडिकल काउन्सिलको गलत सूचनाले नक्कली डाक्टरको अपरेशनमा सक्कली डाक्टर पक्राउ परेको पुष्टि भएको छ । मेडिकल काउन्सिलले गलत सूचना दिँदा नक्कली डाक्टरको ठाउँमा सक्कली डाक्टर पक्राउ परेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले बताइन् । ‘हामीले काउन्सिलले दिएको सूचनाका आधारमा पक्राउ परेका हौं तर, उनीहरूले गलत मान्छेको सूचना दिएका रहेछन्,’ एआईजी बज्रचार्यले भनिन् ।…