कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मधुवन सामुदायिक वनले सुत्केरी आमा तथा नवजात शिशुका लागि पोषणयुक्त खानेकुरा वितरण गरेको छ । उपभोक्ता समुहभित्रका ३२ जना सुत्केरी आमाहरुलाई पोष्णयुक्त खानेकुराहरु चना, अण्डा, मह लगायतका खानेकुरा वितरण गरिएको हो । वनको कार्यालयमै एक कार्यक्रम गरी खानेकुरा वितरण गरिएको वनका अध्यक्ष शान्त विक्रम पौडेलले बताए ।…