काठमाडौँ । नेपाल प्रशासन सेवाको सहसचिवतर्फ खुला प्रतियोगितामा नाम निकालेकी कृष्णकुमारी श्रेष्ठ देशकै पहिलो ‘टपर’ महिला सहसचिवमा दर्ज भएकी छन् । उनलाई जेठ ४ मा लोक सेवा आयोगले सहसचिवमा सिफारिस गरे पनि नियुक्ति पाउन भने बाँकी नै छ । शाखा अधिकृत तहबाट सेवामा प्रवेश गरेको एक दशकभित्रै उनले मारेको यो छलाङ धेरैका लागि अनुकरणीय छ । सफलताको सिँढी…