जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गर्न सुरु गरेको छ । नगरपालिकाको कृषि विकास शाखाबाट सोमबारदेखि उन्नत जातको गहुँको बिउ वितरण गर्न सुरु भएको शाखा प्रमुख लेष बहादुर केसीले बताए । कृषकहरुलाई आवश्यकताका आधारमा बाणगंगा, गौतम, विजय, भृकुटी र एनएल ९७१ गरि पाँच जातका गहुँको बिउ वितरण गरिएको उनले बताए…