काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले वर्तमान सरकारलाई चोर सरकारको संज्ञा दिएका छन् । उनले आफ्नो महानगरको गाडीलाई सरकारले रोक लगाएकोप्रति आपत्ति जनाउँदै अबदेखि यस्तो भए सिंहदरबारमा आगो लगाउने धम्की दिए । शनिबार राति सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् 'आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने…